काठमाडौं । अर्थसचिव तोयम रायाले भन्सार नाकाहरुमा कारोबार मुल्यलाई कायम गर्न समस्या नरहेको बताएका छन् । मुलुक विश्व व्यापार संगठन डब्लुटीओको सदस्य भईसकेको अवस्थामा सोही अनुसारको अन्तराष्ट्रिय मुल्य मान्यतालाई कायम गर्न कुनै समस्या नरहेको रायले बताएका हुन् । भन्सार सुधारको आवश्यत्ता आफुलाई पनि महसुस भएको रायको भनाई छ ।
नेपाल चेम्बर अफ कमर्सले ७१औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा विभागका निर्देशक डा राम मैनालीलाई सम्मान गर्दै उनले कर प्रशासन र व्यवसायी दुबै पक्ष सुध्रिनुपर्ने बताए । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा गरेको भन्दै चेम्बरले निर्देशक रेग्मीलाई सम्मान गरेको हो । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र मल्ल र अर्थसचिव तोयम रायले प्रमाणपत्र सहित निर्देशक मैनालीलाई सम्मान गरे । भन्सार विभागमा रहेर उत्कृष्ट सेवा प्रवाह गरेकाले मैनालीलाई ७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा सम्मान गरिएको अध्यक्ष मल्लले बताए । भन्सार विभागकै सिफारिसका आधारमा चेम्बरले निर्देशक मैनालीलाई सम्मान गरेको हो । अर्थमन्त्रालयमा लामो समय काम गरेका मैनाली यसअघी रसुवा भन्सार प्रमुखका रुपमा काम गरेका थिए । अर्थमन्त्रालयले भ्याट प्रणाली लागु गर्दा उनले पनि योगदान पु¥याएका थिए ।
सम्मान कार्यक्रममा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आयत निरुत्साहित र निर्यात प्रर्वद्धन हुनेगरि ब्यापार सहजीकरण हुनुपर्ने बताए । उनले भन्सारमा सन्दर्भ मुल्य भन्दा पनि कारोबार मुल्यलाई मान्यता दिनुपर्ने बताए । भन्सार प्रशासन सुधार गरे मात्रै राजश्वमा सुधार आउने मल्लको भनाई छ । कार्यक्रममा अध्यक्ष मल्लले बिल बिजक लिने दिने कार्यलाई बाध्यकारी बनाउनुपर्नेमा जोड दिए । करको दर नभई दायरा बढाएर राजश्वको लक्ष्य पुरा गर्नुपर्ने अध्यक्ष मल्लले बताए । सरकारी नीति एकद्धारा हुन नसक्दा व्यवसायीले अनावश्यक दुःख पाईरहेका भन्दै उनले भन्सार प्रशासनमा पनि डिजीटल प्रणालीको व्यवस्था गर्नुपर्ने बताए । भन्सार नाकाहरुमा अन्तराष्ट्रिय स्तरको प्रयोगशाला बनाउनुपर्नेमा अध्यक्ष जोड दिए ।
भन्सार विभागका महानिर्देशक चक्र बहादुर बुढाले भन्सार नाकाहरुबाट व्यापार सहजीकरणका लागि काम भईरहेको बताए । यसका लागि विभागले डिजिटलाईजेसन प्रणाली भित्र्याउने गृहकार्य गरिरहेको महानिर्देशक बुढको भनाई छ । भन्सार दिवसका अवसर पारेर चेम्बरले प्रत्येक वर्ष भन्सार विभागका उत्कृष्ट एक कर्मचारीलाई सम्मान गर्दै आएको छ ।
भन्सारमा कारोबार मूल्य मान्न समस्या छैन्, कर्मचारी र व्यवसायी दुबै सुध्रिनुपर्छः अर्थसचिव राया
आर्थीकसंसार संवाददाता१२ माघ, २०७९
१२ माघ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो