News Portal

  • गाउँगाउँमा बीमाको जानकारी दिन विद्यार्थीलाई आग्रह

    आर्थीकसंसार संवाददाता१० माघ, २०७९
    ३५९ पटक
    १० माघ, २०७९

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले विद्यार्थीहरुलाई गाउँघरमा गएर बीमाको जानकारी दिन आग्रह गरेको छ । प्राधिकरणका उपनिर्देशक कुन्दन सापकोटाले बीमाले जीवन तथा सम्पत्तिमा हुने क्षति तथा हानी नोक्सानी विरूद्ध आर्थिक सुरक्षा प्रदान गर्ने भएकाले बीमाका बारेमा गाउँघरमा गएर जानकारी दिन विद्यार्थीहरुसँग आग्रह गरे ।
    नुवाकोटको दुप्चेश्वर-६, समुन्द्रटारस्थित रुक्मणी माध्यमिक विद्यालयमा आयोजित बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।
    कार्यक्रममा उनले गाउँ गाउँमा बीमा सम्बन्धी सचेतना फैलाउन शिक्षक तथा विद्यार्थीको भूमिका महत्वपूर्ण हुने भएकाले विद्यालयस्तरमा समेत बीमा सम्बन्धी कार्यक्रमहरु आयोजना गरिँदै आएको समेत बताए ।
    रुक्मणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मुकुन्द थापाले विद्यालयमा बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बीमासम्बन्धी विषयमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गरे ।
    उक्त कार्यक्रममा रुक्मणी माध्यमिक विद्यालयका शिक्षक तथा कक्षा ११ र १२ विद्यार्थीहरु लगायत गरी करिव ६५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक गीता नेपाल आचार्यले बीमा सम्बन्धी प्रस्तुती गरेका थिए भने सहायक प्रथम शिवप्रसाद खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस्