News Portal

  • नबिल बैंकको नायब महाप्रवन्धकमा ज्ञवाली

    आर्थीकसंसार संवाददाता२१ साउन, २०७७
    ८२१ पटक
    २१ साउन, २०७७

    काठमाडौं । मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको नायब महाप्रबन्धकमा नियुक्त भएका छन् । तीन महिना अघि मात्रै ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएर बसेका ज्ञवालीले नबिल बैंकमा चिफ फाइनान्स अफिसरको कार्यभार सम्हाल्ने छन् ।
    ज्ञवालीसँग बैंकहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल र ज्योति विकास बैंकसहित पुँजीबजार तथा बैंकिङ क्षेत्रमा दुईदशक काम गरेको लामो अनुभव रहेको छ । उनी चाटर्ड एकाउन्टेन पनि हुन् ।

    प्रतिकृया दिनुहोस्