News Portal

  • लाभांश पारित गर्न युनियन लाइफले बोलायो साधारण सभा

    आर्थीकसंसार संवाददाता४ माघ, २०७९
    ३६४ पटक
    ४ माघ, २०७९

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । कम्पनीको मंगलबार बसेको बैठकले माघ २६ गते बिहीबार साधारण सभा बोलाएको हो ।
    कम्पनीको सभाले आर्थिक वर्षको २०७७र७८ को नाफाबाट सेयरधनीलाई प्रस्ताव गरिएको लाभांश पारित गर्नेछ । कम्पनीले २०७७र७८ को नाफाबाट सेयरधनीलाई ८।९७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
    कम्पनीले साधारण सभा प्रयोजनको लागि माघ १६ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरको छ । यसको अर्थ माघ १५ गतेसम्म युनियन लाइफको सेयर खरिद गरी सेयरधनी बनेकाहरुले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

     

    प्रतिकृया दिनुहोस्