आर्थीकसंसार संवाददाता२९ पुस, २०७९
२९ पुस, २०७९काठमाडाैं । महालक्ष्मी विकास बैंककाे लाभांश पारित भएकाे छ । बैंककाे शुक्रबार सम्पन्न २१ औं वार्षिक साधारणसभाले बैंककाे प्रस्तावित १०.४७ प्रतिशत लाभांश पारित गरेकाे हाे ।
बैंकले २०७८/७९ को सञ्चित मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस सेयर र ६.४७ प्रतिशत नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) गरि कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हाे ।
सभाले आ.व. २०७८/७९ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरेकाे छ ।
यस्तै, सभाले बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत गरिएको छ ।