News Portal

  • युनाइटेड इन्स्योरेन्सको लाभांश पारित

    आर्थीकसंसार संवाददाता२७ पुस, २०७९
    ३०९ पटक
    २७ पुस, २०७९

    काठमाडौं । युनाइटेड इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको २९ औं वार्षिक साधारण सभाले कम्पनीको प्रस्तावित ५.२६३२ प्रतिशत लाभांश पारित गरेको हो ।
    कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतले हनु आउने बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
    सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ ।
    यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० का लागी बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेकाे छ ।
    कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८÷७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७/७८ को तुलनामा आ.व. २०७८/७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई १५ करोड ८३ लाख ६८ हजार भएको छ ।
    साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई २ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पुस ४ गते सम्ममा कम्पनीले ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

     

    प्रतिकृया दिनुहोस्