News Portal

  • सिटिजन लाइफले डाक्यो साधारण सभा, प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने

    आर्थीकसंसार संवाददाता२४ पुस, २०७९
    ४३३ पटक
    २४ पुस, २०७९

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँचौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको बैठले माघ १५ गते, आइतबार अलोफ्ट, काठमाडौं छायाँ कम्पलेक्समा अपरान्ह ५ बजे बोलाएको हो ।
    कम्पनीको सभाले संचालक समितिको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरु, आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने छ ।
    कम्पनीको सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर (आईपीओ) सार्वजनिक निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले सञ्चालक नियुक्त पनि गर्नेछ ।

     

    प्रतिकृया दिनुहोस्