News Portal

  • गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने

    आर्थीकसंसार संवाददाता१७ असोज, २०७७, शनिबार
    १३०६ पटक
    १७ असोज, २०७७, शनिबार

    काठमाडौं । गरिमा बिकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा दुवै बैंकबीच सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । सर्लाहीको मलग्वामा केन्द्रीय कार्यालय रहेको सहारालाई प्राप्ति गरेसँगै तराईमा पनि काठमाडौंमा केन्द्रीय कार्यालय रहेको गरिमाको उपस्थिति बलियो बनेको छ ।
    हाल गरिमा बैंकको अधिकृत पुँजी ५ अर्ब र जारी तथा चुक्ता पुँजी ३ अर्व २३ करोड ८६ लाख ८९ हजार ४ सय २८ रुपैयाँ २६ पैसा रहेको छ भने सहारा बैंकको अधिकृत पुँजी ५० करोड र जारी तथा चुक्ता पुँजी २५ करोड ५४ लाख ८१ हजार ८ सय रुपैयाँ रहेको छ ।
    देशका सातै प्रदेशमा १०२ शाखा कार्यालयहरुमार्फत र सहारा बैंकले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा ४ शाखा कार्यालय र १ एक्स्टेन्सन काउन्टरमार्फत सेवा प्रवाह गरिरहेका छन् । प्राप्तिसम्बन्धी कार्य २०७८ वैशाख १ गतेभित्र सम्पन्न गर्ने समेत सहमति भएको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्