News Portal

  • सूर्यज्योति लाइफ बन्यो आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

    आर्थीकसंसार संवाददाता२२ पुस, २०७९
    ३७१ पटक
    २२ पुस, २०७९

    काठमाडौं । सूर्यज्योति लाइफ कम्पनी आईएसओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी बनेको छ । यूनाइटेड रजिष्टार अफ सिस्टमले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरीक्षणको आधारमा सो मान्यता प्रदान गरेको हो ।
    सूर्यज्योति लाइफले यस गुणस्तर प्रमाण चिन्हप्राप्त गरे पश्चात् आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढगर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दै जाने कुरामा बिश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताए ।
    साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समय सापेक्ष कम्पनीले आफ्ना सेवाहरुलाई अझ परीस्कृत गर्दै लैजाने बताए ।

     

    प्रतिकृया दिनुहोस्