News Portal

  • चन्द्रागिरी हिल्सको अध्यक्षमा हेमराज ढकाल

    आर्थीकसंसार संवाददाता२२ पुस, २०७९
    ३७७ पटक
    २२ पुस, २०७९

    काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको मिति २०७९ पुस २१ गते बसेको १३औंं वार्षिक साधारणसभामा संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन तालिका बमोजिम सभामा आगामी चार वर्षको कार्यकालका लागि सञ्चालक सदस्यमा क्र्रमश हेमराज ढकाल, उत्तमकुमार नेपाल, कल्याण गुरुङ्ग तथा दिलिप शेखर श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको छ ।


    साथै सोही दिनमा बसेको नवनिर्वाचित सञ्चालक समितिको बैठकले सञ्चालक सदस्य हेमराज ढकाललाई अध्यक्षमा निर्विरोध चयन गरेको छ । नवनिर्वाचित अध्यक्ष ढकाल चन्द्रागिरी हिल्सका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । लामो समयको मलेसिया बसाइँका क्रममा त्यहाँ निर्माण भएको ग्यान्टिङ्ग हाइल्यान्ड परियोजनाबाट प्रभावित भई अध्यक्ष ढकालले सन् २००९ देखि नै एकीकृत पर्यटकीय पूर्वाधारको रुपमा चन्द्रागिरी हिल्सको परिकल्पना गर्नु भएको थियो ।
    ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरी डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल, साहसिक खेल तथा पाँचतारे लक्जरी रिसोर्टलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरी डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्