News Portal

  • सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दी जिल्लामा बीमा सचेतना कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता२१ पुस, २०७९
    ३४५ पटक
    २१ पुस, २०७९

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।कम्पनीले पुस २१ गते बेनीबजारस्थित जिल्ला समन्वय कार्यालयको सभा हलमा राष्ट्रिय व्यक्तित्व तथा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका ब्राण्ड एम्बेसेडर द्वुयश्री मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कम्पनीका कर्मचारी लगायतको सहभागितामा कार्यक्रम भएको हो ।
    म्याग्दी जिल्लाको बेनीबजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा महजोडीले जीवनबीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेकोमा जोड दिए ।
    ‘मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्यउपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ,’ श्रेष्ठले भने ।
    कार्यक्रममा कम्पनीका प्रमुखकार्यकारी अधिकृत पोषक राजपौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नु पर्नेमा जोड दिए ।
    उनले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताए ।
    कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिल कुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसी रामपौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राखेका थिए ।

     

    प्रतिकृया दिनुहोस्