काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस १८ गते अपरान्ह ४ बजे बसेको सञ्चालक समितिको २३५ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट चुक्ता पूँजीको ६.५ प्रतिशत बोनसको प्रस्ताव गरेको छ ।
कम्पनीले चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँको ६.५ प्रतिशतका दरले ७ करोड ७० लाख रुपैयाँ नगद लाभांश दिने भएको छ । बोनस शेयर प्रयोजनका लागि ०.३४२ प्रतिशत नगद लाभांशको पनि प्रस्ताव गरेको छ । प्रस्तावित बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी एक अर्ब २६ करोड रुपैयाँ पुग्नेछ । नेपाल बीमा प्राधिकरणले पछिल्लो समय कायम गरेको न्युनम चुक्ता पूँजी जुटाउन अझै एक अर्ब २३ करोड रुपैयाँ आवस्यक पर्नेछ ।
कम्पनीले प्रस्तावित लाभांश स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्नेछ । प्राधिकरणले स्वीकृत गरे पछि मात्रै आगामी वार्षिक साधारणसभामा लैजान पाउनेछ । साधारणसभाबाट पारित भए पछि मात्रै बल्ल शेयरधनीहरुले पाउन सक्ने छन् ।
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको लाभांश घोषणा, कति दियो नगद र बोनस शेयर ?
आर्थीकसंसार संवाददाता१९ पुस, २०७९
१९ पुस, २०७९- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न