News Portal

  • प्रभु लाइफ इन्स्योरेन्सले बीमितको परिवारलाई दियो २० लाख रुपैयाँ दाबी

    आर्थीकसंसार संवाददाता१५ पुस, २०७९
    ३४४ पटक
    १५ पुस, २०७९

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले बीमित परिवारलाई २० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीले असोज २८ गते मृत्यु भएका बीमित गणेश विश्वकर्माका परिवारलाई २० लाखको चेक हस्तान्तरण गरेको हो ।
    प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराई र धरान शाखा प्रमुख सन्तोष राईले मृतकका श्रीमती सन्तमाया मगर र निजका बुबा धन बहादुर मगरलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
    २०७८ पुस २८ गते प्रभु लाइफमा २० लाख बीमाङ्क रकमको जीवन बीमा गरेका गणेश विश्वकर्माको यही असोज २८ गते मृत्यु भएको थियो । उनले पहिलो प्रिमियम स्वरुप १ लाख ३६ हजार ६५४ रकम मात्र बीमाशुल्क बुझाएका थिए भने दोस्रो किस्ता रकम (बीमा शुल्क) बुझाउने समय अगावै उनको मृत्यु भएको हो ।
    प्रभु लाइफका प्रदेश १ प्रमुख पुष्कर भट्टराईले जीवन बीमालाई विश्वसनीय बनाउन दाबी भुक्तानीलाई सरल, सहज र चुस्तरुपमा गरिने कम्पनीको नीति रहेको प्रष्ट पारे । जीवन बीमाले बीमित परिवारलाई यस किसिमका अकल्पनीय घटनाबाट आइपर्ने आर्थिक जोखिम बहन गर्ने बताए । जसले बीमित परिवारलाई आफ्नो जीवनयापनमा केही मात्रामा सहजता आउने विश्वास रहेको भट्टराईले बताए ।
    दाबी भुक्तानी कार्यक्रममा धरान शाखामा कार्यरत सिनियर एजेन्सी मेनेजर, एजेन्सी मेनेजर, अभिकर्ता र स्थानीयहरुको सहभागिता रहेको थियो ।

     

    प्रतिकृया दिनुहोस्