काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले “कर्पोरेट उत्कृष्ट पुरस्कार“पाएको छ । कम्पनीले बेष्ट म्यानेज्ड अवार्ड २०२२ पटि पुन प्रतिष्ठित अवार्ड जित्न सफल भएको हो । हिजो सम्पन्न भएको मेगा इभेन्टमा प्रतिष्ठित द एइआरएम अर्वाड फर कर्पोरेट एक्सिलेन्ट २०२२ अवार्ड हात पार्न सफल भएको हो ।
बीमा क्षेत्रको विधामा यस वर्ष नेशनल लाइफलाई अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड समारोहमा नेशनल लाइफ सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान प्रदान गर्ने सर्वोत्कृष्ट,संस्थाहरुलाई अवार्ड प्रदान गरिएको हो । उक्त अवार्ड नेशनल लाइफका प्रमुख कार्यकारी अधिकृतलाई प्रदान गरेको हो ।
आर्थीकसंसार संवाददाता१५ पुस, २०७९
३८१ पटक
१५ पुस, २०७९