News Portal

  • सांग्रिला डेभलपमेन्ट बैंक र पे–नेपबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१६ असोज, २०७७
    १३५३ पटक
    १६ असोज, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र पे–नेप (मोरु) बीच सम्झौता भएको छ । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिँदै आइरहेकोमा थप सुविधालाई मध्यनजर गर्दै पे नेपको (मोरु) बीच सम्झौता गरिएको हो । यस सम्झौताअन्तर्गत ग्राहक महानुभावहरुले निकै प्रचलनमा रहेको इन्टरनेट बैंकिङ्ग तथा मोबाईल बैंकिङ्गद्वारा आफ्नो खातामा रहेको रकम पे नेपको (मोरु)मा लोड गरी मोबाईल टपअप, एअर टिकट खरिद, खानेपानी शुल्क भुक्तानी, विद्युत महसुल भुक्तानी, सिनेमाका टिकेटजस्ता विभिन्न अन्य सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ । चेक र एटीएमको विकल्पको रुपमा आएको यो सुविधा उपयोगी हुने विश्वास बैंकले लिएको छ ।
    बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरु, ३० एटीएम, साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्