News Portal

  • यूनियन लाइफको लाभांश घोषणा

    आर्थीकसंसार संवाददाता१३ पुस, २०७९
    ३४९ पटक
    १३ पुस, २०७९

    काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्स कम्पनीको पुस १२ गते बसेको सञ्चालक समितिको बैठकले ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कायम चुक्ता पूँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५५३ प्रतिशत नगद गरी कूल ९.१०५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
    कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

     

    प्रतिकृया दिनुहोस्