News Portal

  • युनाइटेड फाइनान्सको मुद्धती निक्षेप योजना

    आर्थीकसंसार संवाददाता१४ असोज, २०७७
    ७३४ पटक
    १४ असोज, २०७७

    काठमाडौं । दशैं, तिहार तथा छठ पर्वको अवसरमा युनाइटेड फाइनान्सले आकषर्क ब्याजदरमा लामो समायावधिको युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेप योजना सञ्चालनमा ल्याएको छ । यस योजनामा व्यक्ति तथा संघसंस्थाहरु सहभागी हुन पाउने छन् ।
    यस फाइनान्सले नेपालभर रहेको आफ्नो २२ शाखा तथा मुख्य कार्यालयबाट व्यक्तिगत तथा संस्थागत निक्षेपकर्ताको लागि विभिन्न प्रकारका आकर्षक निक्षेप योजना, सहुलियत ब्याजदरमा सुन धितो कर्जा तथा अन्य विभिन्न कर्जा सुविधा, डिम्याट खाता, आश्वा सुविधा, भिसा डेबिट कार्ड सुविधाको साथसाथै अन्य वित्तीय सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । युनाइटेड सुनिश्चित भविष्य मुद्धती निक्षेपको लागि बैंकको कुनै पनि शाखा तथा मुख्य कार्यालय दरवारमार्ग काठमाडौंमा सम्पर्क गर्न सक्ने कुरा बताएको छ ।

    प्रतिकृया दिनुहोस्