News Portal

  • बैंक अफ काठमाण्डूको लाभांशसहित मर्जर सम्बन्धी सबै प्रस्ताव पारित

    आर्थीकसंसार संवाददाता२३ मंसिर, २०७९
    ३८३ पटक
    २३ मंसिर, २०७९

    काठमाडौं । बैंक अफ काठमाण्डूको प्रस्तावित लाभांश पारित भएकाे छ । शुक्रबार सम्पन्न बैंकको २८औं वार्षिक साधारण सभाले बैंक संचालक समितिले प्रस्ताव गरेको २०.९५ प्रतिशत पारित गरेको हो ।
    याेसँगै बैंकका सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस सेयर र १४.९५ प्रतिशतका दरले नगद लाभांश पाउनेछन् ।
    यस्तै, सभाले ग्लोबल आइएमई बैंकसँग मर्जर सम्बन्धि विषयमा संचालक समितिबाट भएका सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ । सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार तयार गरिएको वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ ।
    बैंकले हाल १०४ शाखा कार्यालयहरु, ९४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्