काठमाडौं । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । शुक्रबार विहान सकिएको मतगणना अनुसार उनले नेकपा एमालेका शेरबहादुर तामाङलाई ११ हजार ८ सय ७४ भारी मतान्तरसहित पराजित गरेका हुन् ।
बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउँदा एमालेका तामाङले २७ हजार ४ सय ९३ मत मात्रै ल्याउन सके ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माया गुरुङले २ हजार ४ सय ५२ मत ल्याइन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नरसिंह श्रेष्ठले २ हजार ८ सय १९ मत ल्याए ।
सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए ।
बस्नेतसँगै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख) मा कांग्रेसका कृष्णकुमार तामाङ ‘समिर’ विजयी भएका छन् । एमालेका हस्त पण्डित भन्दा १ हजार ५ सय ५ मत बढी ल्याउदै समिर बागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले १७ हजार ७ सय ५८ मत ल्याउदा एमालेका हस्त पण्डितले १६ हजार २ सय ५३ मत प्राप्त गरेका थिए । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गोविन्द गुरुङले ३ हजार ४ सय ३३ मत ल्याएका छन् ।
सिन्धुपाल्चोक-२ मा मोहनबहादुर बस्नेत विजयी
आर्थीकसंसार संवाददाता९ मंसिर, २०७९
९ मंसिर, २०७९ - सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- १८औँ वार्षिकोत्सवमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम गर्दै ग्लोबल आइएमई बैंक