आर्थीकसंसार संवाददाता५ मंसिर, २०७९

पोखरा । नेपाली कांग्रेसबाट टिकट पाएका मुस्ताङका २९ वर्षे युवक योगेश गौचन प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका छन् ।
झण्डै ४ दशक मुस्ताङको राजनीतिमा रजगज गरेका कांग्रेस नेता रोमी गौचन थकालीले यसपटक प्रतिनिधि सभाको टिकट आफ्नै छोरा योगेशलाई दिँदा धेरैले भनेका थिए, जिल्लामा प्रभावशाली एमालेका नेता प्रेम तुलाचनका अघि उनको केही जोर चल्दैन । हुन पनि २०७४ सालको निर्वाचनमा प्रेमले रोमीलाई नै हराएर संसद छिरेका थिए । मुस्ताङबाट ४० वर्ष भन्दा कम उमेरका तीन जना उम्मेदवार विजयी भएका छन्। प्रतिनिधि सभा र प्रदेश सभाका दुवै सिटमा कांग्रेसबाट निर्वाचित उम्मेदवारको उमेर ४० वर्षभन्दा कम छ।
प्रतिनिधि सभामा निर्वाचित योगेश गौचन थकाली २९ वर्षका छन्। उनी २०५० वैशाख २७ गते जन्मिएका हुन्। उनले भारतको बैंगलोरस्थित एलाइन्स पुमर सिटी कलेजबाट स्नातक गरेका छन्।
प्रतिनिधि सभातर्फ उम्मेदवार बनेका योगेश कांग्रेसका सबभन्दा कान्छा उम्मेदवारसमेत हुन्। उनको बुबा रोमी गौचन थकालीले मुस्ताङमा निर्वाचन लड्न आफूले पाएको टिकट छोरालाई दिएका थिए।
त्यस्तै मुस्ताङकै प्रदेश सभा (क) बाट नम्डु गुरूङ विजयी भएका छन्। उनी २०४६ असोज २९ गते जन्मिएका हुन्। उनी ३३ वर्षका छन्। नुम्डुले भने १० कक्षासम्म मात्र पढेका छन्।
त्यस्तै प्रदेश सभा (ख) बाटछ बिकल शेरचन विजयी भएका छन्। उनी २०४० असोज ६ गते जन्मिएका हुन्। बिकल अहिले ३९ वर्षका छन्। होटल व्यवसाय तथा यातायात व्यवसाय गरिरहेका बिकलले प्रमाणपत्र तह पास गरेका छन्।