काठमाडौं । नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्स कम्पनी लिमिटेडका बिच प्रायोजन सम्झौता सम्पन्न भएको छ । नेपाल बुद्धिचाल संघद्धारा आगामी कार्तिक १९ देखि २१ गतेसम्म आयोजना गरिने नेशनल भेट्रान्स चेस च्याम्पियनशीपका लागि उक्त प्रायोजन सम्झौता गरिएको हो । शुक्रबार एक समारोहका बिच नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतम तथा समृद्धि फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत टिका निधी लोहनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
करिब ७ लाख ५० हजारको लागतमा सम्पन्न हुने च्याम्पियनशीपको मुख्य प्रायोजकका रुपमा समृद्धि फाईनान्सले नेपाल बुद्धिचाल संघलाई ३ लाख रुपैंया प्रदान गर्नेछ । कार्यक्रममा समृद्धिका सिईओ लोहनीले चेस संघसँगको प्रायोजन सम्झौतालाई निरन्तरता दिन आफु प्रतिवद्ध रहेको बताएका छन् ।
त्यसैगरी बुद्धिचाल संघका अध्यक्ष गौतमले संघद्धारा आयोजना गरिने विभिन्न बिधाका करिब १५ वटा राष्ट्रिय प्रतियोगिताहरु नियमित रुपमा सञ्चालन गर्नका लागि प्रयासरत रहेको जानकारी दिए । साथै गौतमले कर्पोरेट सेक्टरको प्रत्यक्ष सहभागीतामा मात्र नेपालमा चेस खेललाई व्यवसायीकरण गर्न सकिने बताए ।
समृद्धि फाईनान्सको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल बुद्धिचाल संघका उपाध्यक्ष सुवोधराज शेर्पाली तथा सचिव उमेश केसीको सहभागीता रहेको थियो । त्यसैगरी समृद्धि फाईनान्सका तर्फबाट चिफ अपरेटिङ अफिसर चुडामणी खनाल तथा ब्राण्ड एण्ड प्रोडक्ट डिर्पाटमेन्ट हेड सुरज कुमार सराफको उपस्थिती रहेका थिए ।
गत असार अन्तिम साता काठमाण्डौमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले राष्ट्रिय प्रतियोगिताहरुको क्यालेण्डरलाई कार्यसमिति बैठकबाट अनुमोदन गराईसकेको छ । साथै संघले आगामी मंसिर महिनामा नेशनल बी तथा नेशनल सिटी च्याम्पियनशीपको समेत तयारी शुरु गरिसकेको छ ।
नेपाल बुद्धिचाल संघ र समृद्धि फाइनान्सबिच प्रायोजन सम्झौता सम्पन्न
आर्थीकसंसार संवाददाता४ कार्तिक, २०७९
४ कार्तिक, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?