News Portal

  • प्रभु बैंकको सहयात्रा समृद्धि कर्जा योजना आरम्भ

    आर्थीकसंसार संवाददाता७ असोज, २०७७
    १३८५ पटक
    ७ असोज, २०७७

    काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘सहयात्रा समृद्धिको नामको कर्जा योजना आरम्भ गरेको छ । मुलतः नेपाल राष्ट्र बैंक, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धि एकीकृत कार्यविधि, २०७५ अन्तर्गतको यो कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा ल्याएको बैंकले जनाएको छ ।
    कोभिड–१९ को कारणले प्रभावित र समस्यामा परेका साना उद्यमी तथा व्यवसायी, स्वरोजगार उद्यमी, शिक्षित बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यवसायमा संलग्न उद्यमीहरूको विद्यमान आर्थिक कठिनाईलाई व्यवस्थापन गर्न र यस माहामारीमा उनीहरूका पेशा, उद्यम र व्यवसायहरूलाई पुन सुचारु गर्न सहयोग पु¥याउने लक्ष्यका साथ ल्याइएको बैंकको भनाइ छ ।
    कर्जा योजनाअन्तर्गत प्रथम चरणमा बैंकले काठमाडौं उपत्यकाभित्रका महिला सफा टेम्पो चालकहरूलाई अधिकतम १ लाख रूपैयाँ र विद्यालय शिक्षकहरूलाई अधिकतम ४ लाख रूपैयाँ बराबरको कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । यो कर्जा योजना शुभारम्भको अवसरमा बैंकले आज काठमाडौं उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरूलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
    यस कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यवसाय साथै काठमाडौं उपत्यका बाहिर पनि क्रमश लागु गर्दै जाने बैंकले जनाएको छ । ‘सहयात्रा समृद्धिको’ कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरूले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरू पनि सिकुन् भन्ने अभिप्राय केन्द्रित गरिएको समेत बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्