काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । मंगलबारदेखि युनियन लाइफ इन्स्योरेन्स कम्पनी चौथो वर्षमा प्रवेश गरेको हो ।
कम्पनीले आफनो चौथो वार्षिकोत्वसको अवसरमा यस स्थानसम्म ल्याउन सहयोग गर्ने बीमा समिति, बीमीत, अभिकर्ता र कम्पनीमा आवद्ध सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेको छ । तेस्रो वार्षिकोत्सव कार्यक्रमको सन्दर्भमा कम्पनीले आगामी दिनमा अझ बढी सशक्त र आक्रमक रुपमा व्यवसाय बृद्धि गर्ने प्रतिबद्धता लिएको छ ।
कम्पनीले कारोवार सञ्चालन गरेको तेस्रो वर्षमै बीमा क्षेत्रमा स्थापित नाम बनाउन सफल भएको छ, प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले भने, ‘कम्पनीको व्यावसाय र ब्राण्डलाई अझ उचाइमा विस्तार गर्दै लैजाने छौं ।’
कम्पनीले बीमा समितिबाट २०७४ असोज ४ गते कारोवार संचालनको अनुमती पाएको थियो । कम्पनीले शाखा तथा उपशाखा कार्यालयहरुबाट बीमासम्बन्धी सम्पूर्ण सेवा सुविधाहरु सहज र ब्यवस्थित रुपमा उपलब्ध गराउँदै आएको छ भने कम्पनीका बीमा योजनाहरु उत्कृष्ठ प्रकारको रहेको कारण बीमा गर्नेहरुको आकर्षण बढेको कम्पनीले जनाएको छ । कम्पनीको २ अर्ब १५ करोड जारी पुँजी रहेको छ । सो जारी पुँजीको ३० प्रतिशतले हुने साधारण शेयर चाँडै नै सर्वसाधारण समक्ष निष्काशन गर्ने तयारी कम्पनीले गरिहेको छ ।
कम्पनीको सञ्चालक समितिमा अध्यक्ष शुलभ अग्रवाल र सञ्चालकहरुमा शेखर गोल्छा, संदीपकुमार अग्रवाल र जीवनकुमार अग्रवाल रहनु भएको छ । यसैगरी कम्पनीको मुख्य लगानीकर्ताहरुमा जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गाडिया ग्रुप, न्यौपाने ग्रपु, राजेश हार्डवेयर र टिवडेवाल ग्रुप रहेका छन् ।
युनियन लाइफ इन्स्योरेन्स तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश
आर्थीकसंसार संवाददाता६ असोज २०७७
६ असोज २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?