News Portal

  • सांग्रिला बैंकद्वारा मुस्कान होम अफ होपलाई आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता६ असोज, २०७७
    ५२७ पटक
    ६ असोज, २०७७

    काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले ललितपुरको धोबिघाटस्थित मुस्कान होम अफ होपलाई २ लाख ५० हजार सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मुस्कान होम अफ होपलाई सहयोग गरेको हो ।
    आफूहरुले गरेको सहयोगले मुस्कान होम अफ होममा आश्रित बौद्धिक तथा शारीरिक अपाङ्गता भएका व्यक्ति तथा बालबालिकाहरुका लागि निःशुल्क खाना, आवास तथा शिक्षामा सहयोग पुग्ने विश्वास लिएको बैंकले जनाएको छ ।
    बैंकले सहयोग रुपमा चेक हस्तान्तरण गरेको थियो । बैंकको तर्फबाट नायव महाप्रबन्धक अपुर्व प्रसाद जोशीले मुस्कान होमका अध्यक्ष सुमती कर्माचार्यलाई चेक हस्तान्त्तरण गरेका थिए ।

    प्रतिकृया दिनुहोस्