काठमाडौं । नबिल बैंकले नेपालमै पहिलोपटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंंकिङ प्रणालीमा अब्बल रहेको बैंकले तलबी खाता बाहेक ग्राहकहरुले आवश्यकताअनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने जनाएको छ ।
यो एक नवीनतम डिजिटल सुविधा हो । यो सेवा बैंकले एफआई सफ इन्टरनेशनलको सहकार्यमा ल्याएको हो । नबिल स्मार्ट बैंकको विश्लेषणात्मक प्रविधिको महत्वपूर्ण भूमिका रहेको यस सेवामार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको ‘भर्चुअल क्रेडिट कार्ड’मार्फत खातामा ऋण उपलब्ध गराइन्छ । यो सुबिधा लिन नबिलको स्मार्ट बैंक प्रयोगकर्ता हुनुपर्ने र यस प्रकारको ऋण छोटो अवधिका लागि उपलब्ध रहने छ ।
फोन लोनका विशेषताहरु
कन्ट्याक लेस डिजिटल ल्यान्डिङ एक्सपेरियन्स
ऋण लिन इच्छुक ग्राहकले बैंकको शाखा भ्रमण गर्नुका साथै कुनै कागजी प्रक्रिया बिना नै नबिल बैंकले आफ्नो स्मार्ट बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्छन् ।
१. इन्स्ट्यान्ड लोन
२. बैंकले सम्पूर्ण प्रक्रिया पूरा गरी तुरुन्त ऋण प्रवाह गर्दछ ।
३. बिना धितो ऋण
४. ग्राहकको बैंकिङ कारोबारसँग निहीत भएकाले कुनै अतिरिक्त धितो आवश्यक नपर्ने
५. सूक्ष्म ऋण
६. यस योजनाअन्तर्गत रु. एक लाखसम्म ऋणको सुविधा लिन सकिने ।
बैंकका प्रमुख कार्यकारी अधिृकत अनिलकेशरी शाहका अनुसार बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिनेजस्ता विशेषताले गर्दा यो अत्यन्तै लोकप्रिय हुनुका साथै ग्राहकको केन्द्र बन्छ । उनले भने, ‘नेपालमा पहिलोपटक स्मार्ट बैंक एपमार्फत यति सहज र सरल सुविधा प्रस्तुत गर्न सक्नु गौरबको विषय हो ।’
हाल बैंकका १ सय १९ शाखा तथा १ सय ८४ ओटा एटिएम सञ्जालमार्फत सेवा दिँदै आएको छ । नयाँ बैंकिङ पद्धतिलाई अनुशरण गर्ने र नेपाली डिजिटल बैंकिङ क्षेत्र रहँदै आएको बैंक हो ।
नबिल बैंकद्वारा नेपालमै पहिलोपटक ‘नबिल फोन लोन’ सुविधा सुरु
आर्थिकसंसार संवाददाता५ असोज, २०७७
५ असोज, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- नबिल बैंकको नगद लाभांश घोषणा
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न