काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट भदौ १५ गतेबाट एकिकृत कारोबार शुरु भएको हो ।
यी दुई कम्पनीहरूबीच गत फागुन २७ गते प्राप्ती सम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । दुबै कम्पनीहरूको गत असार ३१ गते सम्पन्न छुट्टा छुट्टै विशेष साधारण सभाले प्राप्ती सम्बन्धी प्रस्ताव पारित गरेको थियो । नेपाल राष्ट्र बैंकले भदौ ६ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट भदौ ९ गते कम्पनीलाई एकिकृत कारोबारका लागि स्वीकृति प्रदान गरेको हो ।
प्राप्ती पश्चात बन्ने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय साविककै बनेपा नगरपालिका वडा नम्बर ८ बनेपाबजार, काभ्रेपलान्चोकमा रहनेछ ।
एकिकृत कारोबारको अवसरमा बोल्दै वित्तीय संस्थाका अध्यक्ष टेक बहादुर बोहराले जटिल परिस्थिति र अवस्थामा समेत मिर्मिरे पछि नहटेको बताउदै हालको लघुवित्त क्षेत्रको बिरोध गर्नेहरुको समेत परवाह नगरी अघि बढी रहेको बताए । बर्तमान तरलताको समस्याको समयमा संस्थालाई आत्मनिर्भरता तर्फ डोर्याउन आफ्नै वित्तीय श्रोत व्यवस्थापन गर्न र कर्जा गुणस्तर व्यवस्थापन तर्फ अभिमुख रहेको उनले उल्लेख गरे ।
मिर्मिरे र बुद्धज्योती लघुवित्तको एकिकृत कारोबार शुरु
आर्थीकसंसार संवाददाता१६ भदौ, २०७९
१६ भदौ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?