काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले भाद्र १ गतेबाट लिलामीमार्फत बिक्री खुल्ला गरेको संस्थापक समूहको शेयर भर्ने आज अन्तिम दिन रहेको छ ।
बैंकले राष्ट्र बैंकद्वारा जारी निर्देशन तथा धितोपत्र दर्ता तथा निष्काशन (तेस्रो संशोधन) नियमावली २०७६ मा भएको व्यवस्थाअनुसार संस्थापक समूहको ३ लाख १६ हजार १ सय ५६ कित्ता शेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । उक्त लिलामी शेयरमा खरिद गर्न इच्छुक संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संगठित संस्थाले आजसम्म मात्र आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य प्रतिशेयर १४० रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, लगानीकर्ताले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता वा सो भन्दा बढीको लागि १० अंकको गुणामा नेपाल राष्ट्र बैंकले तोकेको प्रति व्यक्ति संस्था सीमाको अधीनमा रहने गरी अधिकतम ३ लाख १६ हजार १ सय ५६ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
लिलामी शेयरमा प्राप्त शिलबन्दी बोलपत्रहरु भोलि (असोज ५ गते, सोमबार) १०ः३० बजे बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा खुल्ने पनि बैंकले जानकारी दिएको छ ।
बीओकेको संस्थापक समूहको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन
आर्थीकसंसार संवाददाता४ असोज, २०७७
४ असोज, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?