काठमाडौं । आज मिति २०७९ साल भाद्र १२ गते आईतबार पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयर बाँडफाँड सम्पन्न भएको छ । पिपुल्स पावर लिमिटेडको प्राथमिक शेयरको निष्काशनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदनमध्य दोहोरो आवेदनका कारण रद्द भएका १ हजार ६ सय ८ तथा अन्य कारणबाट आवेदन रद्द भएका ३ हजार ५ सय ४ बाहेक बाँकी रहेका योग्य आवेदनहरु १५ लाख ५१ हजार ४ सय १३ वटा मध्येबाट २ लाख २९ हजार ४ सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२,९४,६८० र २ जनालाई थप १ कित्ता गरी जम्मा २२,९४,६८२ कित्ता शेयर बाँडफाँड गरिएको छ ।
प्रभु क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्धक भई श्रावण ३१ गते देखि भाद्र ०५ गतेसम्म सार्वजनिक निष्काशन खुला गरिएको पिपुल्स पावर लिमिटेडको प्राथमिक निष्काशनमा निष्काशन गरिएको कूल शेयर २४ लाख ६७ हजार ४ सय कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख २३ हजार ३ सय ७० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ४९ हजार ३ सय ४८ कित्ता छुट्याई बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरिएकोमा निष्काशनको करिब ७.३७ गुणा सम्म आवेदन परेपछि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।
पिपुल्स पावर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न
आर्थीकसंसार संवाददाता१२ भदौ, २०७९
१२ भदौ, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो