काठमाडौं । नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा आज (शनिवार)बाट सुरु भएको शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिताका ६ खेलहरु सम्पन्न भएका छन । मिनभवन स्थित इपीएस स्कुलको प्राङगणमा शनिवार भएको उदघाटन खेलमा अक्षरा ए ले इपीएसलाई ७ विकेटले पराजित गर्यो । त्यस्तै दोस्रो खेलमा अक्षरा बी ले शिक्षान्तरलाई ५ विकेटले पराजित गर्यो ।
तेस्रो खेलमा अक्षरा ए ले न्यू इरालाई २७ रनले पराजित गर्दा चौैथो खेलमा नाइटिङेलले अक्षरा बी लाई ३४ रनले पराजित गर्यो । त्यस्तै शनिवारनै भएको पाचौं खेलमा न्यू इराले आफ्नो दोस्रो खेलमा पहिलो जित निकाल्दै इपीएसलाई ४ विकेटले पराजित गर्दा छैठौं खेलमा नाइटिङेलले शिक्षान्तरलाई १०० रनले पराजित गर्यो ।
शनिवारको खेलमा जितसँगै समुह सी बाट अक्षरा ए र न्यू इरा तथा समुह डी बाट अक्षरा बी र नाइटिङेलले क्वाटर फाइनलमा स्थान बनाएको छ । प्रतियोगिता अन्तर्गत मंगलवार समुह ए र बी का खेलहरु हुनेछन ।
प्रतियोगितामा काठमाडौं उपत्यकाका १२ विद्यालयहरुले सहभागिता जनाएका छन । प्रतियोगिताको उपाधि विजेताले रु १४ हजार ५ सय र उप विजेताले रु ८ हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछन । प्रतियोगिताका उत्कृष्ट खेलाडीले रु ३ हजार ५ सय, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १ सय प्राप्त गर्नेछन । हरेक खेलका उत्कृष्ट खेलाडीलाई रु ५ सय प्रदान गरिने आयोजकले जनाएको छ ।
ड्रिजल कप क्रिकेट शनिवारबाट सुरु
आर्थीकसंसार संवाददाता११ भदौ, २०७९
११ भदौ, २०७९ - क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?