News Portal

  • प्रभु बैंक र होटल सिताशरणका बीच आकर्षक छुट गर्नेसम्बन्धी सम्झौता

    आर्थीकसंसार संवाददाता१ भदौ, २०७९
    ८६५ पटक
    १ भदौ, २०७९

    काठमाडौं । हिजो मिति २०७९ साउन ३१ गतेका दिन प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटल सिताशरण प्रालिका तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त होटल बीच सम्पन्न सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरुले होटल सिताशरण प्रालिद्वारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।
    उतm सम्झौताअन्तर्गत होटल सिताशरणमा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिकृया दिनुहोस्