News Portal

  • रिचेत जलविद्युत कम्पनीको सार्वजनिक निष्काशनको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

    आर्थीकसंसार संवाददाता२६ साउन, २०७९
    ६६२ पटक
    २६ साउन, २०७९

    काठमाडौं । रिचेत जलविद्युत कम्पनी लिमिटेडको सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ ।
    कम्पनी ऐन, २०६३ अन्तर्गत वि.सं. २०७० सालमा मा स्थापना भएको रिचेत जलविद्युत कम्पनी लिमिटेडको प्रमुख कार्यालय ललितपुर–१५, महालक्ष्मीस्थानमा अवस्थित छ । यस कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १,१२,२२३.५७ कित्ता साधारण शेयरहरुको सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ ।
    उक्त सम्झौतापत्रमा मिति २०७९ श्रावण २५ गते श्री अर्जुन प्रसाद पौडेल (अध्यक्ष, रिचेत जलविद्युत कम्पनी लिमिटेड) र श्री शिशिर खनाल (कम्पनी सचिव, रिचेत जलविद्युत कम्पनी लिमिटेड) तथा श्री सचिन्द्र ढुंगाना (नायव महाप्रबन्धक, एनआईबिएल एस क्यापिटल लिमिटेड) र रोश्ना मानन्धर (प्रमुख–मर्चेन्ट बैंकिङ, एनआईबिएल एस क्यापिटल लिमिटेड) ले हस्ताक्षर गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस्