News Portal

  • नेपाल बैंकको ३३औं एक्स्टेन्सन काउण्टर बाग्लुङ्गको गल्कोटमा सञ्चालन

    आर्थीकसंसार संवाददाता२ असोज, २०७७
    १३४८ पटक
    २ असोज, २०७७

    काठमाडौं । नेपाल बैंक लिमिटेडले बाग्लुङ्ग जिल्लाको गलकोट नगरपालिकास्थित मुख्य बजार हटियामा गल्कोट शाखा हरिचौरअन्तर्गत रहने गरी ३३औं एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।
    गलकोट नगरपालिकाको मुख्य ब्यापारिक केन्द्र हटिया बजारलाई लक्षित गरी सुरु गरेको बैंकको नयाँ एक्सटेन्सन काउण्टरको नगर प्रमुख भरत शर्मा गैरेले उद्घाटन गरे ।
    कोरोनाका कारण सामजिक दुरी कायम गरी काउण्टरको उदघाट्न गर्दैं नगरप्रमुख भरत शर्मा गैरेले नेपाल बैंकको सेवा विस्तारसँगै प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिए । उनले गलकोटमा वि.सं. २०३८ सालमा हरिचौर बजारमा स्थापना भएको नेपाल बैंक २०५८ सालमा विस्थापित भएको स्मरण गर्दै २०७३ सालमा निकै ठुलो प्रयासले पुनस्थापना भएको बताए ।
    हालसम्म बैंकले १८९ वटा शाखाहरु, १२५ वटा एटिएम तथा ३३ वटा एक्स्टेन्सन काउण्टरमार्फत बैंकिङ्ग सेवा दिँदै आएको छ । बैंकले चालु आर्थिक वर्षभित्रै शाखा सञ्जाल बढाउँदै कुल शाखा संख्या २१४ पुर्याउने लक्ष्य राखेको छ ।

    प्रतिकृया दिनुहोस्