काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंक विचमा मर्जरको सहमति भएको छ । आज साँझ मेरियट होटलमा दुबै बैंकका अध्यक्षहरुले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । प्रभु बैंकका अध्यक्ष लिला प्रकाश सिटौला र सेञ्चुरीका अध्यक्ष राजेश कुमार श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
दुबै बैंक विच एक बराबर एकको अनुपातमा मर्जरको सहमति भएको हो । मर्जर पछि बैंकको नाम प्रभु बैंक र रहने र प्रभु बैंकका सिइओ अशोक शेरचन हुनेछन् भने वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहने सहमति भएको छ ।
हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ । दुई बैंक विचमा धेरै लामो समयदेखि मर्जरको विषयमा छलफल भइरहेको थियो । विचमा एक पटक भाडिने अवस्थासम्म पुगिसकेको थियो । तर आज बराबर हैसियतमा मर्जरको सहमति भएको हो ।
प्रभु र सेञ्चुरी बैंक बिच मर्जरको सहमति
आर्थीकसंसार संवाददाता१५ साउन, २०७९
१५ साउन, २०७९