काठमाडौं । के तपाईं राम्रो जागिरको खोजीमा हुनुहुन्छ ? अथवा आवश्यक ज्ञान र सीपको अभावमा हातमै आएको सुनौलो अवसर पनि गुमाउनुपरेको छ ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्, कुमारी जबले पूर्व मिस नेपाल तथा मेडिया पर्सन एवम् ट्रेनर सुगारिका केसीलगायत अन्य दक्ष प्रशिक्षकहरुको साथमा “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम सञ्चालन गर्दैछ ।
कुनै पनि अफिस अथवा संस्थाको लागि फ्रन्ट अफिस र सेक्रेटरियल विभाग अत्यन्तै महत्वपूर्ण हुन्छ । र यस्तो काममा आफ्नो करियर बनाउनको लागि र सफलता पाउनको लागि एउटा निश्चित योग्यता, सीप अथवा तालिम चाहिन्छ ।
तालिमको बारेमा बोल्दै कुमारी जबका म्यानेजिङ डिरेक्टर सन्देश भण्डारीले भन्नुभयो, “अहिले काठमाडौंलगायत बिराटनगर, पोखरा, बुटवल तथा नेपालका विभिन्न शहरहरुमा ठुला–ठुला व्यापारिक संस्थाहरु खोल्ने एवं शाखा विस्तार गर्ने काम भइरहेको छ र ती संस्थाहरुमा योग्य र तालिम प्राप्त उम्मेदवारहरुको उच्च माग रहेको छ । यही आवश्यकतालाई ध्यानमा राख्दै हामीले “फ्रन्ट अफिस एन्ड म्यानेजमेन्ट सेक्रेटरियल एटिक्वेट्स तालिम” सञ्चालन गरेका हौं । आशा छ यस तालिममा सहभागी सम्पूर्णले कामको लागि आवश्यक ज्ञान र सीपहरु सिक्नुहुनेछ र आफुलाई एक योग्य उम्मेदवारको रुपमा प्रस्तुत गर्नुहुनेछ ।”
फ्रन्ट अफिस र सेक्रेटरियल विभागमा आफ्नो करियर बनाउन चाहने व्यक्तिहरुको लागि यो तालिम अत्यन्तै उपयोगी हुनेछ । रिसेप्सनिस्ट्, पर्सनल असिस्टान्ट, सेक्रेटरीलगायत अन्य विभिन्न कामको खोजीमा रहेका व्यक्तिहरुको लागि यो तालिम कोशेढुङ्गा साबित हुनेछ । यही बुधबार ११ गतेबाट सुरु हुन गइरहेको १२ दिनको यस तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले जततउकस्ररअगतत।थिरअीच्उलछध मा लग–इन गरेर अथवा वा कुमारी जबको टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ । यसको साथ–साथै कुमारी जबले समय–समयमा लेखा परिक्षण, एक्सेल, डिजिटल मार्केटिङजस्ता विषयहरुमा पनि प्रशिक्षण सञ्चालन गर्दै आइरहेको छ ।
कुमारी जबको “फ्रन्ट अफिस म्यानेजमेन्ट एन्ड सेक्रेटरियल एटिक्वेट्स” तालिम
आर्थीकसंसार संवाददाता८ साउन, २०७९
८ साउन, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान