काठमाडौँ । रुस र युक्रेन बीच जारी यूद्धका कारण विश्वभर देखिएको खाद्य अभाव र महँगी नियन्त्रणको लागी यी दुई देशबीच मिरर डिल सम्झौता भएको छ ।
दुबै यूद्धरत पक्षबीच भएको सम्झौताले किभबाट काला सागर हुँदै विश्वभरका गन्तव्यमा खाद्यान्नको निर्यात पुनः शुरु गर्ने बाटो सहज गर्ने छ ।
यूद्धका कारण महिनौदेखि युक्रेनले खाद्यान्नको निर्यात गर्न पाएको छैन । विश्वको धेरै मुलुकमा युक्रेनले गेडागुडी निर्यात गर्दै आएको छ । शक्ति राष्ट्र रूसले पुनः कब्जामा लिने उद्देश्यसहित फेब्रुअरी २४ देखि युक्रेनविरुद्ध यूद्ध छेडेको छ । यूद्ध शुरु भएसँगै युक्रेनबाट सस्तो मूल्यमा खाद्यान्न आयात गर्दै आएको विश्वभर गहुँ, सूर्यमुखी तेल, मकैलगायतको भाउ महगिनुको साथै खाद्यान्न संकट समेत देखा परेको छ ।
टर्कीको इस्तानबुलमा भएको हस्ताक्षर समारोहमा दुबै पक्ष सहभागी भएको भारतीय संचार माध्यम एबिपि लाईभले उल्लेख गरेको छ । वार्तामा दुबै पक्ष सहभागी भए पनि साझा टेबलमा थिएनन् । शुरुमा रुसको तर्फबाट रक्षामन्त्री सर्गेई शोइगुले मस्को सम्झौतामा हस्ताक्षर गरेका थिए । त्यसपछि युक्रेनका पूर्वाधारमन्त्री ओलेक्सान्डर कुब्राकोभले कीभ सम्झौतामा हस्ताक्षर गरेका थिए।
दुई महिनाको निरन्तरको प्रयासमा भएको यो सम्झौतामा जम्मा ४ महिनाको लागि समझदारी भएको छ। सम्झौता अनुसार इस्तानबुलमा एक समन्वय र अनुगमन केन्द्र स्थापना गरिनेछ, जसमा संयुक्त राष्ट्र टर्की, रुसी र युक्रेनी अधिकारीहरू हुनेछन्। दुबै पक्षको सहमतीमा चार महिना पनि पुनः यो सम्झौता नवीकरण हुनसक्ने अडकल गरिएको छ।
विश्वको चौथो ठूलो अन्न निर्यातकर्ता युक्रेनले विश्वको सूर्यमुखी तेलको ४२ प्रतिशत, युक्रेन र रसियाले, मकैको १६ प्रतिशत र गहुँको ९ प्रतिशत उत्पादन गर्छन्।
विश्वव्यापी खाद्य संकट हटाउन खाद्यान्नको निर्यात सहज बनाउने रूस र युक्रेनबीच समझदारी
आर्थीकसंसार संवाददाता७ साउन, २०७९
७ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो