आर्थीकसंसार संवाददाता६ साउन, २०७८
![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । नेपाल राष्ट्र बैंकले हाल बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारभन्दा पनि माथि गइसकेको भन्दै चिन्ता व्यक्त गरेको छ । शुक्रबार चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको बैंकले यस्तो कर्जालाई नियन्त्रण गर्नुपर्ने देखिएको भन्दै विभिन्न टुल्सहरु प्रयोग गरेर नियन्त्रण गर्नुपर्ने देखिएको बताएको हो ।
मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले प्रवाहित कर्जालाई जीडीपीको वृद्धिदरसँगसँगै लैजान विभिन्न ब्याजदरका कोरिडोरहरुलाई प्रयोग गर्दै नियन्त्रण गरिने बताए ।