काठमाडौं । पोखराको अन्नपूर्ण केवलकारको नियमित मर्मत तथा सम्भारपश्चात पूर्व निर्धारित समय भन्दा एक दिन अगावै मिति श्रावण ६ गते देखि सञ्चालनमा आउने भएको छ । केबुलकारले आफ्ना सम्पूर्ण नेपाली ग्राहकहरुको लागि श्रावण ६ गते देखि भाद्र ३१ गतेसम्म २०% प्रतिशत छुट दिने भएको छ ।
पोखरा उपत्यकाको पश्चिम उत्तरी भागको लेकसाईड, सेदिबगरबाट अन्नपूर्ण केबुलकार चढि सराङकोटमा श्रावण महिनामा श्री कैलाशेश्वर महादेवको दर्शन गर्नुका साथै कास्की कोट दरबारसम्मको पैदल यात्रा गर्न सकिनेछ । साथै अन्नपूर्ण हिमाल, माछापुच्छ्रे हिमाल, धवलागिरी हिमालका श्रृङ्खलासँगै सूर्योदयको मनोरम दृश्यको आनन्दका साथ केबुलकार परिसरमै सुविधा सम्पन्न रेष्टुरेन्ट सेवा, कफि सप, रेष्टुरेन्टबाट चारै तर्फको आनन्ददायी मनोमोहक दृश्य तथा जिप फ्लायएर, सुइङ्ग, स्काई साइक्लीङको समेत साहसिक अनुभव लिन सकिनेछ । साथै केबुलकारबाट पोखरा शहर, फेवाताल, शिव प्रतिमा, विश्व शान्ति प्यागोडालगायतका दृश्यहरु पनि हेर्न सकिनेछ । पोखरामा नयाँ अनुभवका लागि अन्नपूर्ण केबुलकार थप एक दिनको गन्तव्य बनेको छ । यात्रुहरुको सुविधाको लागि लेकसाईडदेखि केवलकारको तल्लो स्टेशनमा सटल बसको व्यवस्था गरेको छ । केवलकार बिहान ९ः०० बजे देखि सांझ ६ः०० बजे सम्म नियमित रुपमा संचालन हुनेछ ।
अन्नपूर्ण केबलकारको मनसुन अफर केवलकारमा २०% छुट
आर्थीकसंसार संवाददाता५ साउन, २०७९
५ साउन, २०७९- एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न
- कुमारी बैंकद्वारा देशभरका ५४ सय सहभागिलाई वित्तीय साक्षरता प्रदान
- प्रभु बैंकले बागलुङ नगरका छोरीहरूको खाता खोल्ने, पालिकाले ५ हजार जम्मा गर्ने
- आगामी आर्थिक वर्षको बजेटको सिलिङ बढे पनि ५७ अर्ब बजेट घटेको छ : उपाध्यक्ष श्रेष्ठ
- स्वस्तिक लघुवित्तले सञ्चालन गर्यो निःशूल्क स्वास्थ्य शिविर
- सिटिजन्स बैंकले संचालन गर्यो निःशुल्क स्वास्थ्य शिविर
- गोर्खाज फाइनान्सको ६२ हजार कित्ता शेयर बिक्रीमा, प्रतिकित्ता रु. १५०
- ग्लोबल आइएमई बैंक र अलोइबीच ग्रिन फाइनान्सिङ प्रवर्द्धनका लागि समझदारी
- रिलायबल नेपाल लाइफद्वारा दुई परिवारलाई मृत्यु दाबी वापतको रकम हस्तान्तरण
- दावी भुक्तानी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको आग्रह