काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमित चन्द्रलाल मास्केको परिवारलाई एक करोड २ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको छ । कम्पनीको पाँचखाल शाखाले आज एक कार्यक्रमका विच मृतक चन्द्रलालको श्रीमती काका र भाईलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरेको हो । युनियन लाइफ बागमति प्रदेश इन्चार्ज दोर्जे लामाले चेक मार्फत भुक्तानी दिएका हुन् ।
बीमित चन्द्रलालको २०७८ चैत २५ गते मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो । २६ वर्षका चन्द्रलालको अस्पतालमा ल्याउदै ल्याउदै अल्पायुमै मृत्यु भएको थियो ।
बीमित चन्द्रलालले २०७७ भदौ २२ गते युनियन लाइफ इन्स्योरेन्स पाँचखाल शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्कको वार्षिक अग्रिम भुक्तानी बीमा पोलिसी खरिद गरेका थिए । बीमितको परिवारले यस पोलिसीले दिएको सुविधा अनुसार दुर्घटना मृत्युबापतको सुविधा रकम, बीमाङ्क रकम र बोनस सहित एक करोड २ लाख ८० हजार रुपैयाँ क्षतिपुर्ती प्राप्त गरेका छन् ।
युनियन लाइफका अनुसार यो भुक्तानी यस क्षेत्रकै सबैभन्दा ठूलो दाबी रहेको जनाएको छ । हरेक घरलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको उद्देश्य अनुरुप यस बीमा पोलिसीले बीमित चन्द्रलालको परिवारलाई आर्थिक क्षति हुनबाट जोगाएको कम्पनीका क्षेत्रिय प्रमुख लामाले बताए ।
कम्पनीका सिनियर एजेन्सी म्यानेजर निरन्जल अधिकारीले पाँचखाल लगायतका आसपासमा एक घर एक बीमा अभियान चलाइरहेको जानकारी गराए । यस क्षेत्रका हरेक परिवारलाई आर्थिक रुपले सुरक्षित गर्ने अभियान चलाइएको उनले जनाए । सिनियर एजेन्सी म्यानेजर अधिकारी २०२१ र २२ मा एमडिआरटी बन्न सफल भएका थिए ।
युनियन लाइफले चन्द्रलालको परिवारलाई दियो एक करोड मृत्यु दाबी भुक्तानी, आर्थिक क्षतिबाट जोगाउने प्रयास
आर्थीकसंसार संवाददाता३ साउन, २०७९
३ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?