काठमाडौं । सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बिराटनगरको बिराटमेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । आज एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा.ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता अनुसार ग्राहकहरुले ओ.पि.डि, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १०% छुट पाउने ब्यबस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने बिराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन् ।
सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकको हालसम्म १२ एक्सटेन्सन काउन्टरहरु र ९९ एटिएम रहेका छन् । साथै बैंकले हालसम्म करीव रु. ९५ अर्व निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।
सिभिल बैंकका ग्राहकलाइ बिराटनगरको बिराटमेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट
आर्थीकसंसार संवाददाता३ साउन, २०७९
३ साउन, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने