काठमाडाैं । शिखर इन्स्योरेन्सले नेपालको निर्जीवन बीमा क्षेत्रमा पहिलाे पटक ५०१ कराेड बीमा शुल्क संकलन गर्न सफल भएकाे छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बीमा शुल्क आर्जन गर्न सफल भएकाे हाे ।
कम्पनीकाे अनुसार आर्थिक वर्ष २०७७/७८ काे तुलनामा २०७८/७९ मा संकलन भएको बीमा शुल्क २६ प्रतिशतले बढी हो ।आर्थिक वर्ष २०७८/७९ मा हासिल गरेकाे व्यवसायिक सफलताकाे खुशीमा कम्पनीले साउन एक गते केक काटेकाे छ ।
नेपालको निर्जीवन बीमा व्यवसायको बजार हिस्साको करिब १५ प्रतिशत हिस्सा कम्पनीले ओगटेको छ । कम्पनीले कुल २२ हजार ७६८ दाबी मध्ये १९ हजार ३८५ दाबीहरुको कुल करिब ३०० करोड रुपैयाँको दाबी भक्तानी व्यवस्थापन गरेको छ ।
शिखर इन्स्याेरेन्स नेपालको बिकट जुम्ला, हुम्ला, कालिकोट, मुगु, मुस्ताङ, बझाङ, दैलेख, डोटी, डोल्पा जस्ता बिकट जिल्ला सहित कुल ११० शाखा मार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
सम्पूर्ण बीमितकाे भराेसाकाे केन्द्र भएका कारण शिखर नेपालमा भएका निर्जीवन बीमा कम्पनीहरु मध्ये सबै भन्दा बढी बीमाशुल्क आर्जन गर्ने कम्पनी बन्न सफल भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे बताउँछन् ।
कम्पनीले वि.स. २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु बिजनेश ऐज संस्थाबाट बेस्ट म्यानेजड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्नुकाे साथै २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको र कारोबार उत्कृष्टता पुरस्कारू प्राप्त गरिसकेकको छ ।
कम्पनीले नेपालको विकट जिल्लाहरु: जुम्ला, कालिकोट, डोल्पा मुगुका जनतालाई बर्षेनि मौसमका कारण स्याउ खेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सुचकाङ्गक बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण युके ऐड फण्डेड एड्याप्टेसन एट स्केल प्राइज एसिया नेटवर्क फर सस्टेनेबल एग्रिकल्चर एण्ड बायो रिर्सोसेस द्धारा २०१९ मा ५० हजार पाउण्ड स्ट्रर्लिङ बराबर पुरष्कार राशी प्राप्त गरिसकेकाे छ । यस्तै, २०२२ मा बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि कम्पनीले ‘एचआरएम नेपाल अवार्ड’ पनि प्राप्त गरेकाे छ ।
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले ए रेटिङ्ग दिएकाे छ । यो मूल्याङ्कनले वित्तीय दायित्वहरुको सुरक्षाको लागी पर्याप्त डिग्री मानिन्छ। हालसम्म शिखर इन्स्योरेन्स मात्र एक निर्जीवन बीमा कम्पनी हो जसले यो रेटिङ्ग प्राप्त गरेको छ ।