काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय पोखरिया, पर्साले पीडितको ऋण मिनाहा तथा बीमा दाबी रकम भुक्तानी गरेको छ । पर्सा जिल्ला पकाहा मैनपुर गाँउपालिका–१, धोरेका केन्द्र नं. १० की सदस्य सममतिया देवीको मृत्युपश्चात निजका श्रीमान टेयट महरा चमारलाई बिमाको क्षतिपूर्ति रकम उपलब्ध गराईएको हो ।
सदस्य श्रीमती सममतिया देवीले संस्थाबाट ६० हजार कर्जा लिएकोमा निज सदस्यको मृत्युपश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरी कर्जा बीमाअन्तर्गत सदस्यको मृत्युपश्चात दिइने काजक्रिया खर्च १० हजार बराबरको काजक्रिया खर्च रकम संस्थाका शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादवद्वारा निज मृतक सदस्यका श्रीमान टेयट महरा चमारलाई एकमुष्ट भुक्तानी गरिएको छ ।
संस्थाले आफना ग्राहक सदस्यहरुको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरुलाई आपतकालीन अवस्थामा सहयोग पुर्याउने उद्देश्यअनुरुप आवश्यकताअनुसार बिभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।
दुःखको समयमा संस्थाले सहयोग स्वरुप रकम उपलब्ध गराईदिएको भन्दै केन्द्रका सम्पूर्ण सदस्यहरुले संस्थालाई धन्यवाद दिएका छन् । उक्त रकम प्रदान कार्यक्रममा शाखाको तर्पmबाट शाखा प्रबन्धक श्यामबाबु प्रसाद यादव र सो केन्द्रका केन्द्र सञ्चालक गोविन्द चौधरीको उपस्थिति रहेको थियो भने केन्द्रका सदस्यहरुको उपस्थिति पनि रहेको थियो ।
घरेलु लघुवित्तद्वारा पीडितको बीमा दाबी रकम भुक्तानी
आर्थिकसंसार डटकम३० भदौ, २०७७
३० भदौ, २०७७- ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल बैंकको नगद लाभांश घोषणा
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न