काठमाडौं । अबरोधका बीचमा जीवन बीमा कम्पनी रिलायन्स लाईफको शेयर मूल्यमा आज पनि सर्किट लागेको छ । एकै दिन १० प्रतिशतले बृद्धि भएपछि सर्किट लागेको हो । त्यस्तै, एनआरएनको शेयर मूल्यमा समेत उच्च बृद्धि भएको छ । साताको पहिलो दिन नेप्से १६ दशमलव ५६ अंकले बढेर १५३७ दशमलव २५ को विन्दुमा कायम भएको छ ।
टे«डिङ, फाइनान्स र म्युचअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि–इन्योरेन्सको २४ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफकोे १९ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज रिलायन्स लाइफका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् भने एनआरएन लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९५ प्रतिशतका दरले कमाएका छन् ।
नबिल ब्यालेन्स फन्ड–२ का लगानीकर्ताले ९ दशमलव २७ प्रतिशतका दरले गुमाएका छन् भने दिव्यश्वरी हाईड्रोपावरका लगानीकर्ताले ५ दशमलव १७ प्रतिशतका दरले गुमाएका छन् ।
रिलायन्स लाइफ र एनआरएन लघुवित्तको झण्डै साढे तीन अर्बको शेयर कारोबार
आर्थिकसंसार डटकम२८ भदौ, २०७७
२८ भदौ, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?