काठमाडौं । यहि २०७९ आषाढ १७ शुक्रबारका दिन नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल) द्वारा सम्माननिय राष्ट्रपति बिद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा ३७औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने भएको छ । नेपाली संस्कृतिको जगेर्नाको निम्ति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्घारा प्रेरित उक्त रथयात्रा महोत्सव सुन्धारा स्थित प्राचिन जगन्नाथ मन्दिरको ठिक अगाडि नेपाली सेना, सैनिक मुख्यालय अगाडिबाटबाट प्रारम्भ गर्ने कार्यक्रम रहेको छ ।
मानव समाजमा समानता शान्ति र समृद्धि ल्याउन मानव समाजमा आध्यान्मिक चेतनाको अत्यन्तै महत्त्व भएको सर्वविदितै छ । हिन्दु सनातन धर्मको महान ग्रन्थ श्रीमद भगवद गीता तथा श्रीमद भागवतममा वर्णीत कृष्ण चेतना भगवद्चेतना प्राप्त भएपछि मात्रै हरेक जिवको कल्याण हुन्छ भन्ने कुरा बिभिन्न वैदिक शास्त्रबाट बुझ्न सकिन्छ ।हिन्दु सनातन धर्मावलबिहरुको पवित्र महोत्सब जगन्नाथ रथ यात्रा परापुर्व कालदेखिनै निरन्तर रुपमा हुँदै आएको थियो र यसको प्रमाणको रुपमा हाम्रो देशको धेरै ठाउँमा श्री जगनाथ वलदेव शुभद्रा महारानीको विग्रहबाट पनि बुझ्न सकिन्छ ।
यस बर्षको महोत्सबमा अन्तराष्ट्रिय आध्यात्नमिक मार्गदर्शक रसियन गुरु श्रदेय पत्री दासको उपस्थित रहने जानकारी गराउदछु । साथै नेपालबाट विभिन्न विशिष्ट व्यक्तित्वहरुको पनि उपस्थिति रहनेछ। यस रथयात्रा महोत्सवको विशेष आध्यात्मिक महत्व रहेकोले देश विदेशबाट हजारौँ श्रदालु भक्तजनहरुको उपस्थिति रहनेछ ।
इस्कोन नेपालद्वारा ३७ औं ऐतिहासिक श्रीजगन्नाथ रथयात्रा महामहोत्सव आयोजना हुने
आर्थीकसंसार संवाददाता१५ असार, २०७९
१५ असार, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?