News Portal

  • सेञ्चुरी बैंकका ग्राहकले बनेपास्थित हिमालय दृश्य रिसोर्टमा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता७ असार, २०७९
    ३१७ पटक
    ७ असार, २०७९

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले बनेपा स्थित हिमालय दृश्य रिसोर्टसँग सम्झौता गरेको छ । बैंक र रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।
    उक्त सम्झौता पत्रमा बैंकको धुलिखेल शाखाका प्रमुख हरिकृष्ण दाहाल र रिसोर्टका प्रबन्ध संचालक श्यामकाजी महतले हस्ताक्षर गरेका छन् ।
    उक्त सम्झौता अनुसार बैंकका ग्राहकले सो रिसोर्टबाट सेवा लिएबापत बैंकको डेविट कार्ड,क्रेडिट कार्ड,मोबाईल बैंकिङ र क्युआर कोडबाट भुक्तानी गर्दा होटलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १० प्रतिशत छुट पाउनेछन् ।
    सेञ्चुरी बैंकको कुल शाखा १४४ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखा रहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

     

    प्रतिकृया दिनुहोस्