News Portal

  • अजोड इन्स्योरेन्सको घुम्ति बीमा सेवा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता६ असार, २०७९
    ५५२ पटक
    ६ असार, २०७९

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०७९ साल जेष्ठ २८ गते गुल्मी जिल्लाको इश्मा गाऊपालिकाको वडा नं. १ को वडा कार्यालयमा घुम्ति बीमा सेवा तथा स्थानिय निकायसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरि घुम्ति बीमा सेवाबाट बीमाशुल्क रकम रु. ८,८१,७५०/– (अक्षेरेपी आठ लाख एकासि हजार सात सय पचास मात्र) संकलन गरिएको थियो । सो अवसरमा इश्मा गाऊपालिका वडा नं. १ का वडा अध्यक्ष शेर बहादुर कुवरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेड पर्वत शाखाका प्रमुख सन्तोष न्यौपानेले गर्नु भएको थियो र अजोड इन्स्योरेन्स लिमिटेड प्रधान कार्यालयका कृषि विभाग प्रमुख दिपक पोखरेल र मानब संसाधन तथा प्रशासन प्रमुख प्रेमराज पाण्डेले कृषि बीमाको अर्थ, महत्व तथा प्रभावकारीताको बारेमा प्रष्ट पार्नु भएको थियो । उक्त कार्यक्रममा सो वडाका वडा सदस्यहरु तथा स्थानिय कृषकहरुको उल्लेख्य उपस्थिति रहनुका साथै अजोड इन्स्योरेन्स लिमिटेडका अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्