काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारका गुनासोहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको ३०औं वार्षिकोत्सवको अवसरमा बोल्दै अर्थमन्त्री शर्माले मौद्रिक नीतिमा आएका गुनासोलाई सम्बोधन गर्न आवश्यक रहेको बताएका हुन् ।
‘मौद्रिक नीतिमा समावेश भएका गुनासोहरु यथोचित सम्बोधन गरेर पुँजीबजारको विकासमा सहजीकरण गर्नुपर्ने छ,’ उनले भने ।
बजार विकासको लागि नियमनकारी संस्थाहरुबीचको समन्वयनको खाँचो रहेको बताउँदै उनले सबै नियमनकारी संस्थाहरुलाई समन्वयन गरेर काम गर्न आग्रह गरेका छन् । उनले राष्ट्र बैंक, बीमा समिति र धितोपत्र बोर्डबीचको अन्तरसम्बन्ध समन्वयात्मक सहकार्य गर्नको आग्रह गरेका हुन् ।
पुँजीबजारमा नयाँ नेतृत्व आएपछि सकारात्मक प्रयासहरु भइरहेको र ती प्रयासमा थप तीव्रता दिन आवश्यक रहेको उनले बताए । हरेक नियमनकारी संस्थाहरुमा जवाफदेहीताको सहितको स्वायत्ता हुनुपर्ने छ ।
नेपाल सरकारअन्तर्गतका जुनसुकै नियमनकारी निकायका संस्थाहरुलाई जवाफदेहीताको सहितको स्वायत्ताको उपयोग गर्न अपिल गरेका छन् ।
धितोपत्र बजारको आजको समस्याको समाधान गर्नको लागि नेपालको पुँजीबजारललाई अन्तर्राष्ट्रिय प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता छ । त्यो आधुनिक प्रविधिको अभावमा नेपालको धितोपत्र बजारलाई अर्थतन्त्रको ऐनाको रुपमा हेर्न सक्ने प्रयास गर्नुपर्छ ।
‘म अर्थमन्त्रालय आएदेखि सबैभन्दा पहिला पुँजीबजार सुधार गर्ने विषय उठाएको थिएँ, र, समस्याहरुको पहिचान गर्न सचिवज्यूहरुसँगको व्यापक छलफल गरियो । र, पहिचान गरेर त्यसलाई नयाँ ढंगले अघि बढ्ने काम गरिएको छ’, उनले भने ।
बजारमा प्रविधिको आवश्यक रहेको छ, त्यसको लागि नियमनकारी संस्थाहरुलाई सहजीकरण गर्न अर्थमन्त्रालय तयार रहेको उनले बताए । भौतिक पूर्वाधारको विषयमा पनि अर्थमन्त्रालयले सहजीकरण गर्ने उनले बताए ।
सेयर बजारको समस्या समाधान गर्न बन्यो सुझाव समिति
स्वचालित कारोबार प्रणालीलाई विश्वसनीय बनाई लगानीकर्तालाई सहज रुपमा कारोबार गर्ने वातावरण बनाउनु पर्ने बताउँदै उनले धितोपत्र बजारसम्बन्धी जनचेतनाका कार्यक्रम अपर्याप्त भएकोले लगानीकर्ताहरुले समस्या भोग्नुपरेको समेत बताए ।
पुँजी बजारको समस्याहरुलाई आगामी मौद्रिक नीतिमा सम्बोधन गर्ने
आर्थीकसंसार संवाददाता२५ जेठ, २०७९
२५ जेठ, २०७९- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने