काठमाडौं । सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो ।
चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ ।
रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ ।
गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ-आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा राम्रो भिडियो श्रोता/दर्शकमाझ ल्याएको निर्देशक शाहीले बताउनुभयो ।
यस्तै साइराम पिक्चर्सका समशेर श्रेष्ठले गीत र गीतको भिडियो राम्रो रहेकोले श्रोता/दर्शकले मन पराउनेमा आफू आशावादी रहको बताउनुभयो ।
‘आँखैमा लाउने गाजलु…’ गीत सार्वजनिक
आर्थीकसंसार संवाददाता२१ जेठ, २०७९
२१ जेठ, २०७९तस्वीर/सुरेन्द्र थापा
- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?