काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आईपीओमा ३.२७ गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार सोमबार साँझ ५ बजे सम्ममा २ लाख ७४ हजार ५४१ जना आवेदकबाट एक अर्व रूपैयाँ भन्दा बढीको शेयर माग भएको हो ।
शुक्रबारदेखि बिक्रीमा ल्याएको आइपीओमा २ लाख ७४ हजार ५४१ जना आवेदकबाट एक अर्ब ३ करोड ४८ लाख ६५० हजार रुपैयाँ बराबरको एक करोड ३ लाख ४८ हजार ६५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ताको ३।२७ गुणा बढी हुन आउछ ।
कम्पनीले शुक्रबारदेखि प्रतिकित्ता १०० अंकित दरका कुल ३३ लाख ९८ हजार ४६ कित्ता साधारण शेयर निष्काशन गरेको हो । कम्पनीले निष्काशन गरेको ३३ लाख ९८ हजार ४६ कित्तामध्ये ५ प्रतिशत अर्थात १ लाख ६९ हजार ९०२ कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि छुट्टाएको छ भने २ प्रतिशत अर्थात ६७ हजार ९६१ किता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ३१ लाख ६० हजार १८३ कित्ताका लागि सर्वसाधारणले आवेदन गर्न सकिनेछ ।
कम्पनीको शयेरमा साउन २१ गते भित्र न्यूनतम १० कित्तादेखि अधिकतम ३१ लाख ६० हजार १८० कित्तासम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका अलावा मेरो शेयर सफ्टवेयरबाट पनि आवेदन दिन सकिनेछ । कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयर एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।
एनआरएनको आईपीओमा ३.२७ गुणा बढी आवेदन
भावना न्यौपाने२०२०/८/४
२०२०/८/४- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो