काठमाडौं । संस्कृति इन्टरनेसनल स्कुलले सिकाइ सुधारसम्बन्धी दुई दिने कार्यशाला सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यशाला इन्टरनेसनल करिकुलम एसोसिएसन (आइसिए) सँगको सहकार्यमा गत शनिबार र आइतबार ठमेलको अलफ्ट होटलमा सञ्चालन गरिएको थियो ।
कार्यशालाको पहिलो दिनमा राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने सुश्री सारा ब्ल्याकमोर र सुश्री रेशु अर्याल ढुंगाना दुवै दिन किनोट स्पिकरको रुपमा रहनुभएको थियो ।
कार्यशालाका सहभागिहरुले अन्तर्राष्ट्रिय पाठ्यक्रममा कार्यरत शिक्षकहरुद्वारा सञ्चालित विभिन्न कक्षागत अभ्यासहरु तथा उनीहरुको व्यवहारिक अनुभव मार्फत अन्तर्राष्ट्रिय शिशु शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय प्राथमिक शिक्षा पाठ्यक्रम, अन्तर्राष्ट्रिय माध्यमिक शिक्षा पाठ्यक्रम सम्बन्धि विस्तृत रुपमा बुझ्ने जानकारी पाएका थिए ।
ज्ञान हासिल गर्न तथा नेपालभरका अन्य समकक्षी शिक्षकहरुसँग सञ्जाल विस्तार गर्नको लागि यो कार्यशाला अत्यन्तै सहयोगि रहेको सहभागि शिक्षकहरुले बताउनुभयो ।
यो कार्यशालामा थ्रीडि आई स्कुल नेपाल, अनम्याथ स्कुल र भाव– सोसियो इमोसनल लर्निङको पनि साथ रहेको थियो ।
२०२२ अक्टोबरमा हुन गईरहेको अन्तर्राष्ट्रिय पाठ्यक्रम सम्मेलनको प्री–कन्फ्रेन्स इभेन्टको रुपमा आयोजना गरिएको यो कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ ।
बागमती प्रदेशका चिफ मिनिस्टर राजेन्द्र पाण्डे भन्नु भयो,“आहिले नयाँ प्राविधिक युगमा शिक्षाको अवधारणामा पनि परिवर्तन हुनु आवश्यक छ र मलाई खुसी लागेको छ यस्ता तालिम कार्यक्रमले शिक्षकहरुलाई अझ सक्षम बनाउन मद्दत गर्दछ । आउनुहोस् सामुदायिक विद्यालयको स्तरन्नोतीका लागि हामीसंग सहकार्य गर्नुहोस् । बागमती प्रदेशमा “१ विद्यालय, १ पालिका शिक्षा साझेदारी कार्यक्रम” गरौँ र केहि राम्रो उधाहरणीय कार्य गरौँ ” ।
संस्कृति इन्टरनेसनल स्कुलद्वारा सिकाइ सुधारसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न
आर्थीकसंसार संवाददाता२७ वैशाख, २०७९
२७ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?