काठमााडौं । बैंक अफ काठमाण्डूले पोखरा महानगरपालिका वडा नं ३०, पावरहाउस चोक स्थित पावरहाउसमा शाखा संचालनमा ल्याएको छ । आज शुक्रबार लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन गर्दै बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको जानकारी दीईन् ।
साथै, गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको रहेको जानकारी दीईन् ।
उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गर्नुको साथै स्थानिय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने विश्वास लेखनाथ उद्योग वाणिज्य संघले लिएको जानकारी दिए।
पोखराको पावरहाउसमा बैंक अफ काठमाण्डूको नयाँ शाखा विस्तार
आर्थीकसंसार संवाददाता१६ वैशाख, २०७९
१६ वैशाख, २०७९- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?